राष्ट्रिय बास्केटबल लिगको विजेताले ५ लाख पाउने

काठमाण्डौं । राष्ट्रिय बास्केटबल लिग नेपाल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ देखि असोज २७ गतेसम्म आयोजना हुँदैछ।

राष्ट्रिय बास्केटबल लिग नेपालको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय बास्केटबल नेपाल, लिग नेपाल बास्केटबल संघ अन्तर्गत नेपालको शीर्ष स्तरको बास्केटबल लिग हो जुन लिगका आधारमा ८ क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय बास्केटबल लिगमा विशाल मिलन केन्द्र, बुढानिलकन्ठ बास्केटबल क्लब, गोल्डनगेट इंटरनेसनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स इंटरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले सभागीगता जनाउने छन्।

राष्ट्रिय बास्केटबल लिग नेपालका सबै खेलहरू कान्तिपुर टिभी र येस्क भिभिन्न मध्यममा (युट्युब च्यानल र कान्तिपुर टिभी) मा प्रसारण गरीनेछ । एनबीएल नेपालका खेलहरू एकल राउण्ड रोबिन ढाँचामा खेलाइने छ।

लिगको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक सहभागी क्लबले तयारी खर्चको रूपमा ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

साथै प्रत्येक खेलको मोस्ट भ्यालुएबल प्लेयरले ३ हजार र समग्र लिगको सर्वोत्कष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ। राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय बास्केटबल लिगलाई प्रवद्र्धकको रूपमा समर्थन गरिरहेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा लिगका लागि कभर्डहलको कोर्टको मर्मत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :