एसियाड: स्क्वासकी विपना प्रिक्वाटरफाइनलमा पराजित

काठमाडौं । एसियाडअन्तर्गत स्क्वासको महिला सिंगल्समा नेपालकी पिवना ब्लोन जापानसंग ३–० ले पराजित भएकी छन्।

जापानकी अकारी मिडोरिकावाले विपनालाई ११–३, ११–१ र ११–५ ले हराइन्।

अघिले दिन आइतबार पहिलो चरणमा विपनाले थाइल्यान्डकी चुजित वारिट्साराबाट ११–७, ११–७ र ११–८ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्।

मिक्स डबल्सको समूह ‘सी’ को दुवै खेलमा नेपाल पराजित भएको छ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा नेपालका अमिर ब्लोन र स्वास्थानी श्रेष्ठको जोडी मलेसिया र थाइल्यान्डसंग क्रमशः २–० र २–१ को सेटमा पराजित भए।

यस्तै ट्रायथलनको मिक्स रिलेमा नेपाल ११ औं भएको छ । १२ राष्ट्रको सहभागिता रहेको स्पर्धामा नेपालले ११ औं स्थान हासिल गरेको हो ।

नेपालबाट मौलिक महर्जन, युस्का महर्जन, बसन्त थारु र श्रेबी महर्जनले प्रतिस्पर्धा गरेका थिए । मंगोलियो अन्तिममा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :