एसियाड: एथ्लेटिक्सका सोमबहादुर हिटमा चौथो

एथलेटिक्सको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमाल आफ्नो तेश्रो हिटमा चौथो भएका छन्।

उनको हिटमा नेपालसहित ७ राष्ट्रका सातै खेलाडी थिए।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियमा सोमले निर्धारित दूरी पूरा गर्न १ मिनेट ५०.३८ सेकेन्ड सयम खर्चे।

हिटको समग्रमा भने २१ खेलाडी मध्ये सोम ११ औं स्थानमा रहे।

सोमले २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। ४ सय मिटर दौडबाट पनि सोम बाहिरि सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :