सेनन पहिलो

नमुना मच्छिन्द्रका सेनन पाख्रिन तामाङले प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिताको जुनियर पुरुष ६८ केजीमुनि बिहीबार स्वर्ण जितेका छन् । सेननले फाइनलमा श्री विष्णुदेवीका अंकित राईलाई पराजित गरे ।

चिल्ड्रेन एन्ड क्याडेटको पुरुष ३१ केजीमुनि रोनक कामत तथा ३३ केजीमुनि श्री विष्णुदेवीकी राकेश घिसिङले पहिलो स्थान हात पारे ।

चिल्ड्रेन एन्ड क्याडेटको महिला ३३ केजीमुनि विजेश्वरी ज्ञान मन्दिरकी एलिना थापा मगर तथा जुनियर महिला ४२ केजीमुनि स्टेपिङ स्टोनकी प्रीति सिंह, ४४ केजीमुनि विश्व निकेतनकी रोजिना लामा र ४६ केजीमुनि विजेश्वरीकी एलिना विष्टले स्वर्ण हासिल गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :