काठमाडौं लगातार तेश्रोपटक च्याम्पियन

काठमाडौं । काठमाडौं जिल्लाले १४ औं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगलबर जितेको छ ।

विभिन्न १३ जिल्लाको सहभागितामा विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं ३१ स्वर्ण, १२ र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । काठमाडौं लगातार तेश्रोपटक च्याम्पियन बन्दै रनिङ सिल्ड आफ्नो नाममा लेखाउन सफल भयो ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ६ रजत र १३ कांस्य जितेको चितवन दोश्रो भयो । तेश्रो स्थानको ललितपुरले ५ स्वर्ण, ४ रजत र ६ कांस्य हात पार्यो।

जम्मा ६६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा मकवानपुर र भुक्तपुरले समान ४–४, धादिङ, दोलखा, काभ्रे, सिन्धुली र नुवाकोटले समान २–२ तथा रामेछाप र सिन्धुपाल्चोकले समान १–१ स्वर्ण जिते ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

यसै प्रतियोगिताबाट राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि बागमतीबाट खेलाडी छनोट हुने छन् । केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ देखि ६ गतेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :