आरबीबीएल–इशान कप फुटसल सुरु

काठमाडौ । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा आरबीबीएल–इशान कप तेश्रो फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उप कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल र आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे ।
पहिलो दिन समूह चरणका २१ खेल सम्पन्न भए ।

त्यसमा १९ खेलको नतिजा निस्कियो भने २ खेल बराबरीमा टुंगियो । नेपाल वायुसेवा निगम ‘ए’ ले नागरिक उड्डयन प्राधिकरणलाई १–०, नेपाल बैंक लिमिटेडले नेपाल विद्युत प्राधिकरण ‘ए’ लाई ५–२, एभरेष्ट बैंक लिमिटेडले नेपाल टेलिभिजन (एटीभी) लाई ३–०, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले एनएलजी इन्स्योरेन्सलाई ३–०, सीटीइभीटीले राष्ट्रिय वाणिज्य बैंकलाई २–०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जनक शिक्षा सामाग्री केन्द्रलाई ३–२, नेपाल आयल निगमले माछापुच्छ«े बैंकलाई ४–३, कृषि विकास बैंक लिमिटेडले वायुसेवा निगम ‘बी’ लाई ५–०, वायुसेवा निगम ‘ए’ ले नागरिक लगानी कोषलाई १–०, एनएलजीले एनटीभीलाई ७–३ र केयुकेएलले एभरेष्टलाई २–० ले पराजित गरे ।

सोल्टीमोडस्थित चैत्य फुटसलमा भइरहेको प्रतियोगिताको समूह चरणको अन्य खेलमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सीटीइभीटीलाई २–०, राष्ट्रिय वाणिज्य बैंकले जनक शिक्षालाई १–०, आयल निगमले कृषि विकास बैंकलाई २–०, विद्युत प्राधिकरण ‘बी’ ले माछापुच्छ«ेलाई २–१, नेपाल बैंकले नागरिक लगानी कोषलाई ३–०, एभरेष्टले एनएलजीलाई २–१, सीटीइभीटीले जनक शिक्षालाई ३–१ र विद्युत प्राधिकरण ‘बी’ ले कृषि विकास बैंकलाई २–१ ले हराए । नागरिक उड्डयनले नेपाल बैंकसंग १–१ तथा विद्युत प्राधिकरण ‘ए’ संग २–२ गोलको बराबरी खेल्यो ।

प्रतियोगितामा १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा खेलिरहेका छन् । वायुसेवाव निगम र विद्युत प्राधिकरणको समान २–२ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :