आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत आज शुक्रबार हुने एक मात्र खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच प्रतिस्पर्धा हुँदैछ ।

बेंगलुरुको घरेलु मैदानमा हुने यी दुई टोलीबीचको खेल नेपाली समयानुसार बेलुकी ७:४५ बाट शुरु हुनेछ । बेंगलुरु आज आफ्नो तेश्रो तथा कोलकाता दोश्रो खेलका लागि मैदानमा उत्रिदै छ ।

अघिल्ला दुई मध्ये एक जित र एक खेलमा हार व्यहोरिसकेको बेंगलुरु आज घरेलु मैदानको फाइदा उठाउँदै दोश्रो जित निकाल्ने योजमा हुनेछ । दुई खेलमा २ अंक रहेको बेंगलुरु छैठौं स्थानमा रहेको छ ।

यता पहिलो खेलमा जितसहित २ अंका जोडे तालिकाको चौंथो स्थानमा रहेको कोलकाता भने आज लगातार दोश्रो जितको लागि खेल्दै छ । बेंगलुरु फाफ डु प्लेसिस र कोलकाता श्रेयस अय्यरको कप्तानीमा मैदानमा उत्रिने छ ।

आईपीएलको इतिहासमा बेंगलुरु र कोलकाताबीच अहिलेसम्म ३२ खेलमा प्रतिस्पर्धा भएका छन् । जसमा बेंगलुरुले १४ तथा कोलकाताले १८ खेल जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :