तेक्वान्दो : बागमतीलाई ३ स्वर्ण

काठमाडौं । १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको तेक्वान्दोको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमतीले सर्वाधिक ३ स्वर्ण जितेको छ।

कोशीले २ तथा मधेश र कर्णालीले समान १–१ स्वर्ण जिते । छात्रा एकल पुम्सेमा सरगम थापा, छात्रा ४२ केजीमुनि सुप्रिया बजगाईं र छात्र ५१ केजीमुनि करण धोलीले बागमतीलाई स्वर्ण दिलाए ।

छात्र ५९ केजीमुनि सन्जल श्रेष्ठ तथा छात्रा ५३ केजीमुनि प्रज्ञा परियारले कोशीका लागि स्वर्ण जिते । छात्र एकल पुम्सेमा मधेशका निश्चल धामी थारु तथा छात्र ४९ केजीमुनि कर्णालीका निसान प्याकुरेलले स्वर्ण जिते ।

तेक्वान्दो : बागमतीनै अगािड
सातदोबाटोस्थित कराते हलमा भएको करातेमा पनि पहिलो दिनको खेल सकिदा बागमतीले सर्वाधिक ४ स्वर्ण जितेको छ । कोशीले २ तथा लुम्बिनी र सुदूरपश्चिमले समान १–१ स्वर्ण जिते । १२ स्पर्धा समावेश करातेमा पहिलो दिन ८ स्वर्णका प्रतिस्पर्धा भएको थियो ।

बागमतीका लागि छात्राको एकल कातामा रेनिशा रिमाल, ४० केजीमुनि करुणा गढाल, ५० केजीमुनि सिरुसर भुजु र छात्र ४७ केजीमुनि राकेश मानन्धरले स्वर्ण जिते । छात्र एकल कातामा कोशीका प्रमोद राई तथा ६२ केजीमुनि कोशीका जिवेश राई पहिलो भए ।

छात्रा ५५ केजीमुनि लुम्बिनीकी विष्णारेश्मी मगर तथा छात्र ५७ केजीमुनि सुदूरपश्चिमका आकाश सेजवालले स्वर्ण जिते ।

उसु : पहिलो दिन चार स्वर्णको टुंगो
उसुको पहिलो दिन चार स्वर्ण पदकको टुंगो लागेको छ । आयोजक राखेपको सेमी कभर्डहलमा बुधबार भएको पुरुष थाइचीमा छ्वानमा बागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते ।

यसै विधामा सुदूरपश्चिमका शिरिष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले कांस्य पदक प्राप्त गरे । महिला थायची छ्वानमा बागमतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन् । सुदूरपश्चिमकी दीपिका साउदले रजत पदक जित्दा कोशीकी अन्जना सरदारले कांस्य पदकमा चित्त बुझाइन् ।

पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, बागमतीका जेनिश नेपालीले रजत र सुदूरपश्मिचका योगेश चौधरीले कांस्य पदक जिते ।

यसै विधाको महिलामा बागमतीका ममता सुनुवारले स्वर्ण पदक जितिन् । कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत पदक र सुदूरपश्चिमकी ज्ञानु विकले कांस्य पदक प्राप्त गरे ।

कबड्डी : सेमिफाइनल समीकरण पूरा
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको कबड्डीको छात्र÷छात्रा दुवैको सेमिफाइनल समीकरण पूरा भएको छ ।

छात्रमा सुदूरपश्चिमले मधेशसंग खेल्ने छ भने लुम्बिनीले कोशी विरुद्ध प्रतिस्पर्धा गर्ने छ । छात्राको सेमिफाइनल लुम्बिनी र बागमती तथा सुदूरपश्चिम र कर्णालीबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :