मधेश र बागमतीको जित

काठमाडौं । मधेश प्रदेश र बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।

गणेशमान सिंह फाउन्डेनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगितामा मधेशले लुम्बिनीलाई २७ रनले पराजित गर्यो ।

मधेशका अर्निको यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले २२ बलमा ५१ रन जोडे । नेपाल क्रिकेट संघ (क्यान) र नागर्जुन नगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगिताको अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६७ रनले हरायो ।

५६ बलमा ७ चौका र ६ छक्कासहित १ सय १ रन बनाएका बागमतीका आशुतोष घिरैया ‘प्लेयर अफ द म्याच’ चुनिए । मूलपानी माथिल्लो क्रिकेट मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार कर्णाली प्रदेश र लुम्बिनी तथा गण्डकी र मधेशबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :