धवनको शतक, दिल्लीको सातौं जित

एजेन्सी ।  इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध दिल्ली क्यापिटल्सले सातौं जित हात पारेको छ । शनिबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै दिल्लीले सातौं जित निकाल्दै शीर्ष स्थान कायम गरेको हो ।

सारजहाँ क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दिल्लीले ६ विकेटको जित हात पार्यो । चेन्नाईले दिएको १८० रनको चुनौतीपूर्ण लक्ष दिल्लीले १९ दशमलब ५ ओभरमा ५ विकेटको क्षतीमा भेट्टायो ।

दिल्लीको जितमा ओपनर सिखर धवनले अविजित रहँदै शतकीय पारि खेले । ५८ बलमा १ सय १ रन बनाएका धवनले १४ चौका र १ छक्का प्रहार गरे । यो सिजनको आइपीएलमा धवनको पहिलो शतक हो । यस्तै दिल्लीका कप्तान श्रेयर ऐयरले २३ तथा मार्क स्टोइनिसले २४ रन बनाए । अक्षर पट्टेल ३ छक्काको मद्दतमा ५ बलमा २१ रनमा अविजित रहे ।

यसअघि दिल्लीलाई चेन्नाईले १८० रनको लक्ष दिएको थियो । युएईको सारजहा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको चेन्नाईले २० ओरभमा ४ विकेटको क्षतीमा १ सय ७९ रन बनायो ।

चेन्नाईको चुनौतीपूर्ण लक्षमा रविन्द्र जडेजा र अम्बती रायडुले बिस्फोटक पारि खेले । अविजत प्रदर्शन गरेका जडेजाले १३ बलमा ४ छक्काको मद्दतमा ३३ रन बनाए । यस्तै रायडु २५ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ४५ रनमा आविजित रहे ।

यसअघि ओपनर फाप् डु प्लेसिसले सर्वाधिक उच्च स्कोर बनाए । ४७ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । सेन वाटसनले ३६ रन बनाए । २८ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । सामु कुर्रन ० रनमा आउट हुँदा धोनी ३ रनमा पेविलियन फर्किए ।
दिल्लीका एन्रिच नोट्र्जेले २ विकेट लिए भने तुशारदेश पाण्डे र कागिसो राबाडाले एकएक विकेट लिए ।

जितसंगै दिल्लीले तालिकामा १४ अंक बनाएको छ । दिल्ली शीर्ष स्थानमा छ र उसको प्लेअफको सम्भावना बलियो बनेको छ ।

यो पनि पढ्नुहोस्ः बैंग्लोरको छैटौं जित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :