कोरोना प्रभावः फ्रेन्च मोटो जिपी स्थगित

एजेन्सी । कोरोना भाईरस संक्रमण बढीरहँदा यस वर्ष मे महिनाका लागि तय भएको फ्रेन्च मोटो जिपी रेस स्थगित भएको छ ।
विश्वब्यापी रुपमा खेलकुद गतिविधिहरुलाई कारोनाको प्रभाव परिरहँदा फ्रेन्च मोटो जिपी पनि स्थगित भएको हो । फ्रेन्च मोटो जिपी आउँदो मे महिनाको १५ देखि १७ सम्म हुने तालिका थियो ।
‘कोरोनाको प्रभाव अझै उस्तै रहेकोले फ्रेन्च मोटो जिपी र केही समय अघि स्थगन गरिएको रेड बुल डि स्पाना आयोजनाको नयाँ मिति तत्काल तोकिहाल्न गाह्रो छ’,अन्तराष्ट्रिय मोटरसाईक्लिङ्ग महासंघले भन्यो ।
‘प्रतियोगिताका नयाँ तालिका सक्दो चाँडो प्रकाशन गर्नेछौ’,महासंघले भनेको छ ।
फ्रेन्च मोटो जिपी कोरोनाको प्रभावमा परि स्थगन हुने पछिल्लो मोटरसाईक्लिङ्ग प्रतियोगिता हो । यसअघि कतारमा हुने ईलिट वर्गको मोटो जिपी पनि स्थगनमा परेको थियो ।
यसै वर्ष थाईल्याण्ड,टेक्सास र अर्जेन्टिनामा हुने तिन मोटो जिपी पनि हुने सम्भावना निकै कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :