प्रिमियर लिग क्लब न्युकासल युनाईटेड साउदीका राजकुमार सलमानले किन्ने निश्चित

एजेन्सी । बेलायतको पुरानो फुटबल क्लब न्युकासल युनाईटेडको विक्रि सम्झौता मंगलबार टुङ्गोमा पुग्ने बुझिएको छ ।

गत ७ सात महिना देखि न्युकासलका मालिक माईक एस्ले र साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानको मुख्य लगानीमा रहेको साउदी पब्लिक ईन्भेस्टमेन्ट फण्डबिच (एसपिआईएफ) खरिद समझौताका का लागि कुरा भईरहेको थियो ।

स्रोतका अनुसार साउदी राजकुमार सलमानको कम्पनी एसपिआईएफ न्युकासल खरिदको निक्कै नजिक पुगिसकेको अवस्थामा छ ।

न्युकासलका अहिलेका मालिक माईक एस्ले न्युकासल सलमानलाई हस्तान्तरण गर्न तैयार भईसकेको छन् । अब खरिद प्रक्रियाका निम्ति केही कागजी कामहरु सम्पन्न हुन मात्र बाँकी रहेको छ ।

साउदी कम्पनीले समझौता पुरा भएपछि नयाँ सिजन देखि क्लबको स्वामित्व ग्रहण गर्नेछ । खरिद पश्चात एसपिआईएफले न्युकासलको ८० प्रतिशत हिस्सा ओगट्नेछ भने हालका मालिक एस्लेको १० प्रतिशत शेयर मात्र रहनेछ ।

शुरुमा यी दुईबिच ३४० मिलियन पाउण्डमा कुरा नमिलेपछि अहिले एसपिआईएफले ३०० मिलियन पाउण्डमा क्लबलाई किन्ने लगभग निश्चित भईसकेको छ ।

बेलायती कम्पनी सेनट जेम्स् होल्डिङ्गसले यसको सबै कानुनी प्रक्रियाहरु मिलाईरहेको छ ।

यसको मंगलबार सबै प्रकिया टुङ्गोमा लागेपछि न्युकासल प्रिमियर लिगको सबैभन्दा धनी क्लब बन्नेछ ।

एस्लेले सन् २००७ मा १३४ मिलियन पाउण्डमा न्युकासल किनेका थिए । किनेको एकवर्षमै उनले पुन न्युकासल बेच्ने प्रयास पनि गरेका थिए जसको त्यसबेला निकै आलोचना समेत भएको थियो ।

राजकुमार सलमानले यसअघि सन् २०१८ मा म्यान्चेस्टर युनाईटेड किन्ने ईच्छा देखाएका थिए ।

अब न्युकासल र एसपिआईएफबिचको समझौता मंगलबार सक्किएपछि प्रिमियर लिग कमिटीले नयाँ स्वामित्व ग्रहण गर्ने कम्पनीको स्थिती अध्ययन गरेर स्विकृति दिने एउटा प्रक्रिया बाँकी रहन्छ । तर त्यो प्रक्रिया औपचारिकता मात्रको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :