कांग्रेस खेलकुद विभाग संयोजक वस्नेतलाई पितृशोक

काठमाण्डौं । नेपाली कांग्रेस खेलकुद विभागका संयोजक मोहनबहादुर वस्नेतलाई पितृशोक परेको छ । मोहनबहादुरका पिता खड्गबहादुर वस्नेतको ८४ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।

खड्गबहादुरको गएराती महाराजगन्ज त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । वस्नेतका पिता खड्गबहादुर लामो समयदेखि नसा सम्बन्धी रोगबाट पीडित थिए ।

बस्नेतको आजै सिन्धुपाल्चोकस्थित बाह्रबिसे दोभानमा अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ । बस्नेतका ५ छोरा र ५ छोरी छन् ।

संयोजक बस्नेतलाई पितृ शोक परेपछि विभागले निकट भविष्यमा अयोजना गर्न लागेका सभापति कप फुटबल, कराते, जुडो, लगायत खेलको मिति घोषणाको कार्यक्रम स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :