अजारेन्काले उचालिन् वेस्टर्न एण्ड साउदर्न ओपनको उपाधि

एजेन्सी । अमेरिकाकी भिक्टोरिया अजारेन्काले वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि हात पारेकी छिन् । जापानकी नाओमी ओसाकाले फाईनल खेल नखेलेपछि अजारेन्काले सिधै वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि जितेकी हुन् ।

अमेरिकाको न्युयोर्कमा खेलिने तय भएको फाईनलअघि जापानकी नाओमी ओसाकाको ह्यामस्ट्रिङ्गको इन्ज्युरी बल्झिएपछि फाईनल खेलमा कुनै सेिट हुन सकेन । ओसाकाले खेल्न नसकेपछि अन्तत अजारेन्कालाई उपाधि दिईएको थियो ।

यो पनि पढ्नुहोस्ः जोकाभिकले जिते वेस्टर्न एण्ड साउदर्न टेनिस

Victoria Azarenka, of Belarus, right, holds her winners trophy, as she celebrates winning the Western & Southern Open tennis tournament along with her opponent, Naomi Osaka, of Japan, left, during a trophy ceremony Saturday, Aug. 29, 2020, in New York. Azarenka won the tournament after her finals opponent, Naomi Osaka, of Japan, withdrew because of a hamstring injury. (AP Photo/Frank Franklin II)

यो अजारेन्काको करियरको २१ औं उपाधि हो । २०१६ मा मायामी ओपन जिते यता अजारेन्को पहिलो उपाधि समेत हो ।

यो जितले अजारेन्काको चार वर्ष लामो उपाधिहिन यात्रालाई समेत पूर्ण विराम लगाएको छ ।

यसअघि जापानकी ओसाकाले सेमिफाईल खेलपछि पनि अमेरिकामा अश्वेत ब्यक्तिमाथि गरिएको गोली प्रहारबिरुद्धको अभियानमा समर्थन जनाउन फाईनल नखेल्ने निर्णय गरेकी थिईन् ।

यो पनि पढ्नुहोस्ःयुएस ओपनको तालिका घोषणा,जोकोभिक पहिलो वरियतामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :