मुम्बइ र राजस्थान भिड्दै

एजेन्सी ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (मंगलबार) मुम्बइ इण्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । आईपीएल क्रिकेटमा मंगलबार तालिकाको दोस्रो स्थानको मुम्बइले तालिकाको पाचौं स्थानको राजस्थानसंग खेल्न लागेको हो । खेल सेख जियाद स्टेडियममा नेपाली समय अनुसार राति ७ः४५ मा सुरुहुनेछ ।

आईपीएल क्रिकेटमा मुम्बइ हाल तालिकाको दोस्रो स्थानमा छ । मुम्बइले प्रतियोगितामा तीन खेलमा जित हात पारेको छ भने दुई खेलमा पराजय भोगेको छ । समुह चरणको आफ्नो छैटौं खेलमा जित हात पारे मुम्बई ८ अंक सहित पहिलो स्थानमा उक्लन सफल हुनेछ । मुम्बइका लागि अलराउण्डर कायरन पोलार्ड, हार्दिक पाण्डेया, कुनाल पाण्डेया, कप्तान रोहित शर्मा, इशन किसन, क्विन्टन डि कक, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह लगायत खेलाडी महत्वपूर्ण रहनेछन् ।

यस्तै राजस्थान पनि तेस्रो जितको खोजिमा हुनेछ । राजस्थानले यसअघिका ४ खेलमा समान दुई जित र दुई हार सामना गरेको छ । राजस्थान ४ अंक सहित तालिकाको पाचौं स्थानमा रहनेछ । मुम्बइविरुद्धको खेल जिते राजस्थान कम्तिमा तेस्रो स्थानमा उक्लिनेछ । राजस्थानका लागि कप्तान स्टिभ स्मिथ, जोस बटलर, रियान पराग, जोफ्रा अर्चर, सन्जु सामसन, राहुल टेवाटिया लगायत खेलाडी महत्वपूर्ण रहनेछन् ।

यो पनि पढ्नुहोस्ः चौथो जित सहित दिल्ली शिर्ष स्थानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :