रितेसको निलम्बन फुकुवा

काठमाडौं । नेपाल पुलिस क्लबले राष्ट्रिय फुटबल टिमका पूर्व गोलरक्ष रितेश थापाको निलम्बन फुकुवा गरिदिएको छ । खेल मिलेमतोको आरोप लागेपछि निलम्बनमा परेका रितेसलाई पुलिसले पुन विभागमा तानेको हो । निलम्बन फुकुवासंगै पुनः नेपाल प्रहरीको जागिरमा फर्किएका पूर्व गोलरक्षक रितेसलाई पुलिसले सहयक इनिस्पेक्टरको रुपमा बिभाग फर्काउने तयारी गरेको छ ।

रितेस खेल मिलेमतोको आरोपमा मुछिएपछि पुलिसले समेत उनलाई निलम्बन गरेको थियो । रितेशलाई प्रहरीले असोज १९ गतेबाट लागू हुने गरि कारबाही फुकुवाजानकारी दिएको छ ।

अन्तराष्ट्रिय फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा रितेश सहित राष्ट्रिय फुटबल टिमका ६ सदस्यविरुद्ध अदालतमा मुद्धा दायर भएको थियो ।

प्रहरीले जागिरमा फर्काए पनि उनीमाथि लागेकाके फुटबल प्रतिबन्ध भने कायमै रहनेछ । रितेसलाई विश्व फटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले खेल मिलेमतोमा संलग्न भएको भन्दै आजीवन प्रतिवन्ध लगाएका छन् ।

रितेस २०७२ सालमा नेपाली राष्ट्रिय फूटबल टिमका तत्कालिन कप्तान सागर थापासहित खेल मिलेमतोको आरोपमा पक्राउ परेका थिए । रितेससंगै कप्तान सागर, डिफेन्डर सन्दिप राई पूर्वखेलाडीद्वय सञ्जिव केसी र विकाससिंह क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

सन् २००८ अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने शर्तमा प्रति खेलाडीहरुले अमेरकी डलर ५ हजार लिएको, सन् २००९ को साफ च्याम्पियनशिपमा जम्मा ३०६१ अमेरिकी डलर लिई दामासाहीमा वाँडेको, सन् २०११ मा मलेशियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा निजहरुले प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिएको देखिएको पनि प्रहरीले जनाएको थियो ।

रितेससहितका सबै खेलाडीले मिलेमतोको आरोप स्वीकारेको भन्दै प्रहरीले तत्कालै रितेसलाई जागिरबाट समेत निलम्बन गरेको थियो । उनलाई राज्यविरुद्धको बिप्लपको मुद्धा लागेको थियो, ,तर केही महिना अगाडी मात्र रितेससहित ६ फुटबलरलाई अदालतले सफाइ दिएको थियो । म्याच फिक्सिङमा संलग्न भएको आरोप लागेका खेलाडीलाई राष्ट्रिय विप्लवको कसुर नदेखिएको भन्दै अदालतले सफाइ दिएपछि प्रहरीले रितेसलाई फेरि जागिरमा बोलाएको हो ।

रितेस सहितका खेलाडीले तत्कालीन समयमा २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० ले हार्ने शर्तमा प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिएको, सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिने गरी शर्त भएकोमा खेलको अन्त तिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको स्विकारेको प्रहरीले जनाएको थियो ।

रितेस नेपाली टोलीका भरपर्दा गोलरक्षक थिए । रितेसले शहिद स्मारक ए डिभिजन लिगमा ५ पटक उत्कृष्ट खेलाडी हुँदै मोटरसाइक जितेका छन् । इटहरीमा जन्मिएका थापाले नेपाली घरेलुु फुटबलमा थ्री स्टार क्लबबाट खेल्न सुरू गरेका थिए । तर उनी २००४ मा थ्री स्टार छोडेर नेपाल पुलिस क्लबमा आबद्ध भएका थिए । नेपाल पुलिस क्लब २००७ मा एएफसी प्रेसिडेन्ट कपमा उपविजेता हुदा उनी टिमका महत्त्वपूर्ण सदस्य रहेका थिए ।

गत असार २ गते सर्वोच्च अदालतले म्याच फिक्सिङ्गको आरोपमा तानिएका रितेस सहित ६ खेलाडीलाई सफाई दिने निर्णय गरेको थियो । साही कारणलाई आधार बनाएर बिभागीय टिम पुलिसले रितेसको निलम्बन फुकुवा गरेको हो ।

यो पनि पढ्नुहोस्ःक्रोएसिया र फ्रान्स खेल्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :