बाबरको कराँचीलाई पहिलोपटक पीएसएलको उपाधि

एजेन्सी । कोरोना महामारीका कारण स्थगित भएर पुनः सूचारु भएको पाकिस्तान सुपर लीग (पीएसएल) को उपाधि बाबर आजमको कप्तानीमा रहेको कराँची किङ्गसले जितेको छ ।

मंगलबार भएको फाईनल खेलमा लाहोर कलन्दर्सलाई ५ विकेटले हराउँदै कराँचीले पहिलो पटक पएिसएलको उपाधि जितेको हो । कराँचीको नेशन्ल स्टेडियममा खेलिएको फाईनलमा लाहोरले एसकय ३५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा कराँचीले १८ दशमलब ४ ओभरमा ५ विकेग गुमाउँदै लक्ष्य पुरा गर्याे । उसको जितमा कप्तान बाबर आजमले नटआउट ६३ रनको अर्धशतकिय ईनिङ्ग खेले भने चाड्विक वाल्टनले २२ रन बनाए ।

लाहोरका बलिङ्गतर्फ ह्यारिस राउफ र दिल्बर हुसैनले समान २–२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको लाहोरले २० ओभरमा ७ विकेट गुमाउँदै एकसय ३४ रनको कुल योगफल तयार पार्याे ।

उसका लागि तमिम इकबालले ३५ रन बनाए भने फखर जमानले २७ रन जोडे । यस्तै कप्तान सोहिल अख्तर र डेभिडले समान १४ रन बनाए ।

कराँचीका लागि बलिङ्गतर्फ वाकस मक्सुद, अर्शाद इकबाल र उमेद आसिफले १–१ विकेट हात पारेका थिए ।

यो पनि पढ्नुहोस्ः बिग ब्यास लिगमा तीन नियम थपिँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :