बाबर प्लेयर अफ द सिरिज

एजेन्सी ।  कराँची किंग्सका ओपनर ब्याट्सम्यान बाबर आजम पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटका प्लेयर अफ द सिरिज घोषित भएका छन् । पाकिस्तान क्रिकेट टोलीका कप्तान समेत रहेका ब्याट्सम्यान बाबर २०२० संस्करणको उत्कृष्ट चुनिएका हुन् ।

मंगलबार राती सम्पन्न पीएसएलको फाइनलमा बाबरले अर्धशतकीय इनिङ्स खेलेका थिए भने उनको टिम कराँचीले उपाधि जितेको थियो । बाबरले अन्तिम खेलमा ४९ बलमा ६३ रनको अर्धशतकीय पारि खेले । कराँचीले पहिलो पटक पिएसएलको उपाधि जित्दा प्रतियोगिताभर बाबरको प्रदर्शन उत्कृष्ट थियो ।

कराँचीले फाइनलमा लाहोर कलन्दर्सलाई ५ विकेटले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । यो संस्करणको पीएसएलमा बाबर सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ११ इनिङमा ५ अर्धशतकसहित ४ सय ७३ रन बनाएका थिए ।

यो पनि पढ्नुहोस्ः भारतका त्यागीले त्यागे क्रिकेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :