ज्ञानेन्द्रद्धारा निर्माणाधीन गौतमबुद्ध रंगशाला अवलोकन

चितवन ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको अवलोकन गरेका छन् । कप्तान ज्ञानेन्द्रले सोमबार धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको अवलोकन गरेका हुन् ।

ज्ञानेन्द्रसँगै क्यानका सदस्य छुम्बी लामा, बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान लगायतले रंगशालाको अवलोकन गरेका थिए । रंगशाला अवलोकनपछि ज्ञानेन्द्रले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलसँग समेत छलफल गरेका थिए ।

रंगशालामा अहिले मुख्य मैदानको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ । कोरोना महामारीका कारण रंगशाला निमार्णको काम दुई महिना रोकिएको थियो । महामारीकै कारण नेपाल सरकारले चैत ११ गते देशव्यापी लक्डाउनको घोषणा गरेसंगै फाउण्डेशनले सबै निर्माण कार्य रोकेको थियो भने बैसाख १३ गते ३० जना कामदारसहित निर्माण कार्यलाई पुनः निरन्तरता दिएको थियो । असार १३ गते सय कामदार थपिएका थिए भने हाल २०० भन्दा बढी कामदारहरु रंगशाला निमाणमा खटिरहेका छन् । निर्माणले पछिल्ला दिनमा फेरि गति लिएको छ ।

२०७६ साल मंसिर १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गरेपछि अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरुभएको थियो ।

यो पनि पढ्नुहोस्ः  पारस गौतमबुद्ध रंगशालामा पुगे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :