आईसीसीद्वारा महिला टी २० विश्वकपको खेल तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी २० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । बंगलादेशमा आयोजना हुने महिला टी २० विश्वकप क्रिकेटको उद्घाटन ३ अक्टोबरमा हुनेछ ।

आईसीसीले जारी गरेको तालिका अनुसार पहिलो तथा उद्घाटन खेल इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच ३ अक्टोबरमा हुनेछ । महिला टी २० विश्वकप क्रिकेटको समुह ए मा भारत, अष्ट्रेलिया, पाकिस्तान, न्यूजील्याण्ड र क्वालिफायर–१ टोली रहेका छन् ।

त्यस्तै समुह बी मा दक्षिण अफ्रिका, इङ्गल्याण्ड, वेष्ट इण्डिज, बंगलादेश र क्वालिफायर–२ टोली रहेका छन् । महिला टी २० विश्वकपमा विश्वका १० उत्कृष्ट महिला टोलीहरुको सहभागिता रहने छ ।

विश्वकपको तालिका:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :