अनिलको निर्णायक गोलमा बागमती विजयी

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा बागमती युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार सम्पन्न खेलमा बागमतीले मनोहरा युनाइटेड युथ क्लबलाई १-० गोलले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बागमतीलाई जित दिलाउन अनिल रानामगरले निर्णायक गोल गरे । उनले दोश्रो हाफको ५७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्।

जितसँगै ६ खेलबाट ११ अंक जोडेको बागमती चौथो स्थानमा उक्लिएको छ। यता पराजित मनोहरा समान खेलमा १२ अंकसहित तेस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :