नयाँ वर्षको पूर्व सन्ध्यामा एथ्लेटिक क्लबमाथि रियाल सोसिडाडको जित

२०२० को अन्तिम दिन खेलिएको स्पेनिस ला लिगामा रियाल सोसिडाड विजयी भएको छ ।

एथ्लेटिक बिल्बाओको घरेलु मैदानमा बिहिबार सम्पन्न खेलमा रियाल सोसिडाड १–० गोल अन्तरले विजयी भएको हो ।

उसको जितमा मिडफिल्डर क्रिष्टियन पोर्टुले गरेको एक मात्र गोल नै सोसिडाडको जितमा पर्याप्त रह्यो ।

खेलको पाँचौ मिनटमा मिकेल ओयार्जेबालको असिस्टमा पोर्टुले गोल गर्दै पहिलो हाफमा सोसिडाडलाई १–० को अग्रता दिलाए ।

यसपछिको बाँकी समयमा दुबै टोलीबाट थप गोल नभएपछि सोसिडाडले नयाँ वर्षको सन्ध्यामा भएको खेलमा स्पष्ट तीन अंक खातामा जोड्न सफल भयो ।

एथ्लेटिक क्लबले सोसिडाडबिरुद्ध खेलेको पछिल्लो ५ खेलमा चारमा हार बेहोरेको छ ।

जितसँगै सोसिडाड अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । उसको १७ खेलमा २९ अंक छ । यस्तै हार बेहोरोको एथ्लेटिक १६ खेलमा १८ अंकका साथ १२औं स्थानमा छ ।

यो पनि पढ्नुहोस्ः लिभरपुल जित्न असफल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :