प्रदेश एक स्तरीय दोस्रो व्याडमिन्टन प्रतियोगिता शुरु

झापा । प्रदेश नम्बर एक स्तरीय दोस्रो व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । मेची ब्याडमिन्टन क्लब, झापाको आयोजनामा बिहिबार बाट प्रतियोगिता शुरु भएको हो ।

दोस्रो व्याडमिन्टन प्रतियोगितामा म्यान्स डबल तथा भेट्रान डबल गरी दुई वटा विधामा प्रतिस्पर्धा हुँनेछ ।

प्रतियोगिताको पहिलो दिन आज म्यान्स डबलमा २७ र भेट्रान डबलमा १६ गरी ४२ वटा प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा म्यान्स डबलतर्फ ३५ र भेट्रान डबलका २४ गरी ५७ टिमको सहभागीता रहेको नेपालका अन्तराष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले जानकारी दिए ।

प्रतियोगिताको म्यान्स डबलतर्फ प्रथम हुने टिमले ५१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने उप विजेताले ३१ हजार र तेस्रो हुने जोडिले २० हजार नगद हात पार्ने छन् ।

यस्तै भेट्रानतर्फ प्रथम हुने जोडीले २५ हजार नगद प्राप्त गर्दा रनरअफले १५ हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गर्ने छन् ।

यो पनि पढ्नुहोस् : झापामा ब्याडमिन्टन अम्पायरबीच कार्यशाला गोष्ठि सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :