कोरोना महामारी बाट जोगिन एन्फाको सहयोग आह्वान

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना आसन्न प्रतियोगितामा खेलाडी, प्रशिक्षक र सम्बन्धीत पदाधिकारीलाई आईसोलेसनमा राख्नका लागी सहयोग गर्न आग्रह गरेको छ ।

एन्फाले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रतियोगिता अवधिभर खेलाडी लगायत सम्पूर्ण व्यक्तिलाई आईसोलेसनमा राख्नुपर्ने भएकोले यसका लागी इच्छुक संघ संस्था वा व्यक्तिलाई सहयोग गर्न आग्रह गरेको हो ।

एन्फाले काठमाडौंमा हुने तीन वटा प्रतियोगिताका लागि खेलाडी र पदाधिकारीलाई आइसोलेसनमा राख्नका लागि सेवा दिन इच्छुक ब्यक्तिलाई सम्पर्क गर्नका लागि पनि आग्रह गरेको छ ।

प्रकाशित सुचना अनुसार सहयोग गर्न इच्छुक संस्था वा व्यक्तिले सात दिनभित्र एन्फामा पत्राचार गर्नुपर्नेछ ।

एन्फाको आयोजनामा माघ ७ गतेबाट राष्ट्रिय महिला लिग, फागुन ११ गतेबाट शहिद स्मारक बी डिभिजन लिग र चैत १ गतेबाट शहिद स्मारक सि डिभिजन लिग सुरु हुँदैछ ।

यो पनि पढ्नुहोस्ः  राखेपमा झोले संघहरुको भिड 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :