आइपीएलः आज मुम्बइ र हैदराबादको खेल होला ?

कोरोनाको बढ्दो प्रकोपकोबिच आज इण्डियन प्रिमियर लिग (आइपीएल) को ३१औं खेलमा मुम्बइ इण्डियन्स् र सनराइजर्स हैदराबादबिचको खेल हुँदैछ ।

मंगलबार राति साँझ ७ः४५ बजेबाट शुरु हुने मुम्बइ र हैदराबादबिचको खेल दिल्लीको अरुण जेट्ली स्टेडियममा हुनेछ । तर यो खेल र स्वयं आइपीएलमाथि नै संकट उत्पन्न भएको छ ।

सोमबार कोलकाता नाइट राइडर्सको २ जना खेलाडीमा कोरोना संक्मण पोजिटिभ देखिएको थियो । लगतै कोलकाता र रोयल च्यालेञ्जर्स बेंगलोरबिचको खेल स्थगित भएको थियो ।

मुम्बइले आज हैदराबादसँगको खेल जितेमा अंकतालिकाको शिर्ष तीन स्थानमा पुग्नेछ । यता ७ वटा खेलमा जम्मा एक जित निकालेको हैदराबाट अंकतालिकाको पुछारमा अर्थात ८औं स्थानमा छ ।

यस्तोमा हैदराबादलाई आइपीएलको प्ले अफमा पुग्न बाँकी रहेको सबै ७ खेल जित्नैपर्ने हुन्छ । यसर्थ हैदराबादलाई बाँकी यात्रा गर या मरको नै हुनेछ ।

दिल्लीको अरुण जेट्ली स्टेडियमका २ जना स्टाफमा कोरोना संक्रमण देखिएपछि मुम्बइ र हैदराबादको टिमले सोमबार अभ्यास गरेनन् । यद्यपी दिल्ली क्रिकेट संघका अध्यक्ष रोहन जेट्लीले संक्रमण देखिएको दुबै स्टाफहरु कसैको सम्पर्कमा नरहेको समेत स्पष्ट पारिसकेको छ ।

संघले खेल खेलाउन कुनै समस्या नरहेको र संक्रमित दुबैजनालाई आइसोलेसनमा पठाइसकेको जनाएको छ ।

हैदराबादमाथि मुम्बईको टिम दुबै ब्याटिङ्ग र बलिङ्गमा भारी देखिएको छ ।

कप्तान रोहित शर्मा,ओपनर क्विन्टन डिकक,सूर्यकुमार यादव,अलराउण्डर काइरोन पालार्ड,हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्या यस सिजन जबरजस्त लयमा रहेका छन् ।

उता हैदराबादका कप्तान केन विलियम्सन र विकेटकिपर जनी बेयर्स्टो र मनिष पाण्डे मात्रै लयमा छन् ।

मिडल अर्डरमा हैदराबादको टिम निक्कै स्ट्रगल गरिहेको छ । टिममा विजय शंकर,मोहम्मद नाबी,केदार जाधव र अब्दुल समद हैंदराबादको मिडल अर्डरमा खेल्ने गर्छन् ।

बलिङ्गमा समेत मुम्बइका जसप्रित बुमराह,ट्रेन्ट बोल्ट,धवल कुलकर्णि बाहेक अलराउण्डरको रुपमा रहेका काइरोन पोलार्ड र हार्दिक पाण्ड्या लयमा रहेका छन् । स्पिनर्समा राहुल चहार र क्रुणाल पाण्ड्या विकल्पमा छन् ।

हैदराबादतर्फ तिव्र गतिमा सन्दिप शर्मा,खलिल अहमद र भुवनेश्वर कुमारसँगै अलराउण्ड अब्दुल समद छन् । टिमको स्पिनर्समा अफगानिस्तानका राशिद खान र मोहम्मद नाबी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :