आयोजक जापान पदकतालिकाको शिर्ष स्थानमा

आयोजक जापान ३२औं संस्करणको गृष्मकालिन ओलम्पिकको पदकतालिकाको शिर्ष स्थानमा रहेको छ ।

सोमबार चौथो दिनको समाप्तिसम्ममा जापान सबैभन्दा बढी स्वर्ण पदकसहित तालिकाको शिर्ष स्थानमा उकिलएको हो ।

जापानले ८ स्वर्ण,२ रजत र ३ कास्य पदक आफ्नो पोल्टामा पारेको छ । उसले तेश्रो दिन शिर्ष स्थानमा रहेको चिनलाई पछि पारेको हो ।

तेश्रो स्थानमा झरेको चिनको ६ स्वर्ण,५ रजत र ७ कास्य पदक रहेको छ । यस्तै पदकतालिकाको दोश्रो स्थानमा अमेरिका रहेको छ । उसको ७ स्वर्ण,३ रजत र ५ कास्य पदकसहित कुल १५ पदक रहेको छ ।

यस्तै ओलम्पिक कमिटीको झण्डालाई प्रतिनिधित्व गर्दै ओलम्पिकमा सहभागिता जनाइरहेको टिम चौथो स्थानमा छ । उसले ४ स्वर्ण,५ रजत र ३ कास्य पदक हात पारेको छ ।

४ स्वर्ण,५ रजत र १ कास्य जितेको बेलायत पदकतालिकाको पाँचौ स्थानमा छ ।

ओलम्पिकमा अहिलेसम्म कुल ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको छ जसमा २४ राष्ट्रले स्वर्ण पदक जित्न सफल भइसकेको छ ।

कुल २०५ राष्ट्रको सहभागिता रहेको ओलम्पिक खेलकुदमा नेपालका दुई खेलाडी सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्ट प्रतियोगितामा आ आफ्नो पहिलो खेलमा पराजित हुँदै बाहिरिसकेका छन् ।

नेपालबाट ५ खेलाडीको सहभागिता रहेको छ जसमा पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

एलेक्सले मङ्गलबार, गौरिकाले बुधबार तथा सरस्वतीले शुक्रबार आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :