यौन दुव्र्यवहारको मुद्दामा रोनाल्डो निर्दोष

अमेरिकाको नेभाडाको अदालतले स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोबिरुद्ध जाहेर गरिएको यौन दुव्र्यवहारको मुद्दालाई खारेज गरेको छ ।

रोनाल्डोमाथि क्याथ्रिन मायोर्गा नामक एक महिलाले २००९ मा लास भेगासको एक होटलमा उनीमाथि आक्रमण गर्दै यौन दुव्र्यवहार गरेको आरोप सहित संघीय अदालतमा मुद्दा दर्ता गरेकी थिईन् ।

मुद्दाको सुनुवाई गर्ने संयुक्त राज्य अमेरिकाका मजिस्ट्रेट न्यायाधीश ड्यानियल जे अल्ब्रेग्सले रोनाल्डो निर्दोष भएको भन्दै फैसला गरेका हुन् ।

यस्तै न्यायाधिश ड्यानियलले रोनाल्डो माथि आरोप लगाउने महिला क्याथ्रिन मायोर्गालाई कागजात किर्ते गरिएको र नक्कली कागजातको आधारमा मुद्दा लगाएको आरोप लगाएका छन् ।

ड्यानियलले हस्ताक्षर गरेको प्रतिवेदनले निष्कर्ष निकालेको छः “ रोनाल्डोमाथि लगाईएको आरोपलाई खारेज गर्न सिफारिस गरिएको छ साथै मायोर्गाको आरोप पूर्वाग्रही रहेको निष्कर्ष निकालिएको छ ।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :