माओवादी नेता गहतराज बने युवा तथा खेलकुदमन्त्री

नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराज युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

माओवादी नेता गहतराज शुक्रबार देउवा सरकारको युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका हुन् ।

मन्त्री बने लगतै गहतराजले मन्त्री पदको शपथ लिएका छन् ।

बाँकेबाट निर्वाचित हुदै प्रतिनिधिसभा सदस्य बनेका गहतराज पहिलोपटक मन्त्री पदमा आसिन भएका हुन् ।

यस मन्त्रालयका लागि माधव नेपालको नेतृत्वमा गठित नेकपा एकिकृत समाजवादीका सचिवको जिम्मेवारी पाएका जिवनराम श्रेष्ठको बारेमा निक्कै चर्चा रहेपनि पछिल्लो समय सत्तागठबन्धनको सहमितमा गहतराजलाई खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो ।

श्रेष्ट नेपाल ओलम्पिक कमिटीको अध्यक्ष हुन् भने उनलाई आजैमात्र नेकपा एकिकृत समाजवादी पार्टीको केन्द्रिय सचिवको जिम्मेवारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :