कोलकाता क्वालिफायरमा पुग्न सफल,ब्याङ्गलोर बाहिरियो

रोयल च्यालेञ्जर्स ब्याङ्गलोरलाई हराउँदै कोलाकाता नाईट राईडर्स ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत प्ले अफको दोश्रो क्वालिफायर खेल्न योग्य बनेको छ ।

युएईमा सोमबार राति सम्पनन एलिमिनेटर खेलमा सुनिल नाईनको अलराउण्ड प्रदर्शनको मद्दतमा कोलकाताले ब्याङ्गलोरमाथि ४ विकेटको रोमाञ्चक जित निकाल्दै क्वालिफायरमा पुगेको हो । अब कोलकाताले दोश्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

ब्याङ्गलोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले अन्तिम ओभरमा ६ विकेट गुमाएर पुरा गर्याे ।

लक्ष्य पछ्याउने क्रममा कोलकाताको शुरुवात राम्रो भएको थियो । उसका लागि शुभमन गिल र बैंकटेश ऐयरले शुरुवाती पाँच ओभरमा ४१ रन जोडेका थिए ।

कोलकाताका लागि गिलले १८ बलमा २९ रनको सर्वाधिक ईनिङ्ग खेले भने अर्का ओपनर ऐयर र सुनिल नराईनले समान २६ रनको योगदान गरे ।

यसबाहेक नितिश रानाले २३ दरन जोडेका थिए ।

ब्याङ्गलोरका लागि बलिङ्गमा मोहमद शिराज,हर्षल पटेल र यज्वेन्द्र चाहलले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गर्दै ब्याङ्गलोरले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १३८ रनको योगफल तयार पारेको थियो ।

उसका लागि कप्तान विराट कोहलीले ३३ बलमा ३९ रन बनाए भने देवदत्त पडिक्कलले १८ बलमा २१ रन जोडेका थिए ।

बलिङ्गमा सुनिल नराईनले ४ विकेट चट्काए भने लोकी फर्गुसनले २ विकेट झारेका थिए ।

हारसँगै ब्याङ्गलोरको फाईनल पुग्ने सपना टुङ्गिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :