सेन्ट्रल जोन भलिबल: नेपाल श्रीलंकासँग पराजित,फाइनलको सम्भावना कमजोर

काठमाण्डौं । एभिसी एशियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्जमा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले दोश्रो हारको सामना गरेको छ ।

बंगलादेशको ढाकामा रहेको शहिद शुरवार्दी इन्डोर स्टेडियममा शनिबार सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा नेपाल श्रीलंकासँग २५–१८ ले हारेको थियो भने दोश्रो २२–२५ ले आफ्नो पक्षमा पारेको थियो ।

यस्तै तेश्रो सेट नेपालले २५–१४ ले गुमायो भने चौथो सेटमा २५–१५ को हारको सामना गर्याे ।

यो हारसँगै नेपाली राष्ट्रिय पुरुष टोलिको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटका हार बेहोरेको थियो भने दोश्रो खेलमा बलियो उज्वेकिस्तनमाथि जित हासिल गरेको थियो ।

लिग चरणको अन्तिम खेलमा नेपालले भोलि माल्दिभ्सको सामना गर्नेछ । नेपालको तीन खेलबाट जम्मा तीन अंक छ ।

नेपालसहित ६ राष्ट्रले सहभागिता जनाउने सेन्ट्रल जोन भलिबलमा ६ महिला र ५ पुरुष गरी कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिन ढाँचामा खेलाइने प्रतियोगिताको शिर्ष दुई टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् भने तेश्रो र चौंथो स्थानमा रहने टोलीले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :