भगवती राना अण्डर १७ महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली अण्डर १७ राष्ट्रिय महिला फुटबल टोलिको मुख्य प्रशिक्षकमा भगवती राना मगर नियुक्त भएकी छिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार भगवतीलाई अण्डर १७ महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी गराएको हो ।

नेपालले अण्डर १७ महिला साफ च्याम्पियनसिप २०२३ मा सहभागीता जनाउँदै छ ।

यसैका लागि एन्फाले भगवतीलाई अण्डर १७ महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

साफलाई लक्षित गरि एन्फाले नेपाली अण्डर १७ महिला राष्ट्रिय टोलीका लागि खेलाडी समेत छनौट गर्दैछ।

एन्फाले बुधबार आफू मातहतका जिल्ला फुटबल संघहरुलाई खेलाडी छनौट बारे पत्राचार गरेको थियो।

एन्फाका अनुसार पहिलो चरणको छनौट माघ १२ देखि १५ तथा यस्तै दोस्रो चरणको छनोट माघ १६ देखि २० गतेसम्म हुनेछ।

अण्डर १७ महिला साफ आगामी चैत ६ देखि १४ गतेसम्म बंगलादेशमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :