आईपीएल २०२४ मा स्मार्ट रिप्ले सिस्टम, अम्पायरसँग विवाद गर्नु नपर्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लिग चरणको फैसलामा तिब्रता र सटीकता ल्याउन ‘स्मार्ट रिप्ले सिस्टम’ प्रणालीको शुरु गरिएको छ । जसले टीवी अम्पायरलाई ‘हक आई’ प्रणालीका दुई अपरेटरसँग सिधै इनपुट मिल्नेछ । जुन उनको साथ एउटै कोठामा बस्नेछन र मैदानमा लगाएका आठ हाई स्पीड क्यामराबाट लिइएका फोटोबाट मद्दत लिनेछन् ।

नयाँ प्रणाली अनुसार टीभी प्रसारण निर्देशकको भूमिका अव आवश्यक पर्ने छैन । यसभन्दाअघि टीभी निर्देशक र अम्पायर हक आई अपरेटरबिच सुचना आदान प्रदान गर्ने काम गर्दै आएका थिए । त्यस्तै नयाँ प्रणाली टीभी अम्पायरलाई पहिलो तुलनामा अधिक फोटो विश्लेषक अवसर प्रदान गर्नेछ ।

नयाँ प्रणालीबाट अम्पायरले विभिन्न कोणवाट विभिन्न देख्नको लागि मद्दत गर्नेछ । जस्तै बाउन्ड्री नजिक भएको क्याच, पछाडि समातिएको क्याच, एलबीडब्लु, स्टंम्पिङका वारेमा विना विवाद सटिक फैसला गर्न सजिलो हुनेछ ।

भारतीय क्रिकेट बोर्डले हालै नयाँ प्रणालीको जानकारी गराउन केहि विशेष अम्पायरहरुलाई दुई दिने कार्यशाला गोष्ठि गरेको थियो । जसमा भारतीय र विदेशका गरि १५ अम्पायरले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :