राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल समारोह ब्यवस्थापनमा थापाको अनुभव

लक्ष्मी शाक्य


काठमाण्डौं । जुनसुकै योजना तथा कार्यक्रम सञ्चालनका लागि व्यवस्थापकिय पक्ष अब्बल रहनुपर्छ । व्यवस्थापन पक्ष र यसको भुमिका निभाउनु संवेदनशील मानिन्छ । अझ खेलकुद क्षेत्रका कार्यक्रम, जस्तैः विभिन्न सभा, समारोह तथा प्रतियोगिता आयोजनाको काम झनै सम्वेदनशील छ ।

खेलकुद प्रतियोगिता आयोजना जति मुस्किल छ, त्यतीनै मुस्किल त्यसको उद्घाटन तथा समापन समारोह सञ्चालनमा देखिन्छ । उद्घाटन तथा समापनमा देशको मौलिकतादेखि धेरै कुरा देखाउन त्यतिधेरै सहज छैन ।

खेलकुद कार्यक्रम तथा प्रतियोगिता आयोजना गरि समापन गर्दा देश तथा विदेशका दर्शकमाझ देशको मौलिक पहिचान दर्साउन कत्तिको सफल भयौं भन्ने कुरा समारोह विज्ञको भुमिकामा निर्भर हुन्छ । यो विषयले खेलकुद क्षेत्रमा पनि ठुलो महत्व राख्छ ।

अब चर्चा गरोँ घरेलु मैदानमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन तथा समापन समारोहको । हामीले गतवर्ष मात्र ऐतिहासिक रूपमा नेपालमा समापन भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) को समुद्घाटन र समापन समारोह देख्यौँ ।

प्रतियोगिता जति भव्य थियो त्यसको झल्को उद्घाटनले नै दिएको थियो । जसको प्रसंसा देश विदेशभर भएको पाईयो । उद्घाटन समारोहमा १५ हजार कलाकारले स्वदेशी तथा विदेशी दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

उद्घाटन तथा समापन समारोह कार्यक्रम प्रमुखको रुपमा विज्ञको भूमिकामा थिए वर्तमान राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रशासन विभाग प्रमुख तथा परिषद्को कार्यकारी समिति सचिव कुलबहादुर थापा । यो सफल कार्यले थापालाई सफल खेलकुदकर्ता साथै समारोह विज्ञको रुपमा चिनायो ।

थापा नेपालकै एक मात्र सफल समारोह विज्ञ पनि हुन् । समारोह व्यवस्थापनमा उनी निकै सौखिन छन् । त्यही सौखिन पनले उनलाई सफल बनाएको हो ।

थापा खेलकुद क्षेत्रमा आउनु पहिले गणितका अध्यापक थिए । उनले महेन्द्र रत्न क्याम्पसमा ५ वर्ष म्याथम्याटिक्स प्राध्यापकको भुमिका निभाएका छन् ।

खेलकुद विधामा थापाको विद्यालय दिन देखिनै रुचि थियो । त्यसैले शिक्षक पेसा त्यागेर उनी खेलकुद क्षेत्रमा लागे । २०५२ सालमा राखेपका शाखा अधिकृतको रुममा सेवामा प्रवेश गरेका थापा प्रचार–प्रसार शाखा प्रमुख हुँदै अहिले प्रशासन विभाग प्रमुख साथै परिषद्को कार्यकारी समिति सचिवको जिम्मेवारी निभाउदैछन ।

सन् १९९९ मा आयोजित आठौं साग, २०६५ मा भएको पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै आठौं राष्ट्रिय खेलकुद र १३ औं सागसम्म समारोह विज्ञको रुपमा निर्देशन गर्दै भव्य रुपमा जिम्मेवारी निभाएका थापासँग अब यो क्षेत्रको मिठो अनुभव छ । उनले यसको मौका पाएका छन् । उनको अहिले खेलकुद क्षेत्रमा २६ वर्षे यात्रा चलिरहेको छ, यो बीचमा उनले धेरै प्रतियोगिताको उद्घाटन र समारोह कार्यक्रम सम्पन्न गराइसकेका छन् ।

‘समारोह व्यवस्थापन क्षेत्र निकै चुनौतीपूर्ण छ । यसैमार्फत हामिले देशको सम्पुर्ण मौलिकता झल्किने प्रस्तुतिहरु देखाउनु पर्नेहुन्छ’, यसअघिका केही प्रतियोगितामा उद्घाटन तथा समापना समारोहको निर्देशन गरको स्मरण गराउँदै थापाले भने, ‘सबै पक्षमा ध्यान पुर्याउन जरुरी छ । अझ हाम्रो जस्तो कला र संस्कृतीले भरिएको मुलुकमा त व्यवस्थापन गर्न पनि हम्मेहम्बे पर्छ ।’

नेपालमा समारोह व्यवस्थापन क्षेत्र निकै पछी परेको छ । यो कुरा थापाले पनि बुझेका छन् । नेपालमा कुनेकुनै प्रतियोगिताको व्यवस्थापकिय पाटो यतिधेरै कमजोर हुन्छ की, त्यसले सिंगै प्रतियोगिताको चार्म नै झारिदिन्छ भने स्तरमा नै प्रश्न उठाउने मौका दिन्छ । सफल समारोह व्यवस्थापक थापासँग पनि घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका त्यस्ता अनुभव छन् ।

उनले अहिलेसम्म २०१६ मा चाइनामा भएको एउटा मेघा ईभेन्टमा ट्रेनिङ मात्र लिएर नेपालमा उद्घाटन तथा समापन समारोहको निर्देशन गरिदिन्छन् ।

‘अहिलेसम्म मैले जति काम गरे त्यो कसैले सिकाएकोे हैन । आफ्नै स्व अध्ययनबाट गर्दै आएको छुँ । मलाई थाहा छ, धेरै कुराहरु सोचे जस्तो हुँदैनन्, तर धेरै मिहेनत चाहिँ गरेको हुन्छु । यसका लागि पहिले जुनसुकै सामरोहको स्कृप्ट तयार पार्छु । अनि सोही अनुसार काम गर्छु ।’ सागको उद्घाटन समारोह निर्देशन गरेको सुनाउँदै उनले भने ।

उद्घाटन र समापन लगायका काम धेरै खर्चिला हुन्छन् । सोही कारण उनले १३ औँ सागमा पनि बिभागिय टोलीको सहयोग मागेका थिए ।
थापाले भने, ‘खर्चिलो र झन्जटिलो भएकै कारणले होला नेपालमा यस्ता समारोहको निर्देशन गर्ने, योजना बनाउने यूवा पुस्ताको अभाव देखिन्छ ।’

यही अभावकै बीचमा उनलाई यूवा पुस्तामा अनुभव बाँड्ने इच्छा छ ।

‘म मेरो अनुभव बाँड्न तयार छु’, थापाले भने ।

उनका अनुसार यसको आधुनिकीकरणमा यूवाहरुको चासो हुन पनि जरुरीछ ।

थापा अहिलेसम्म आफुले समारोह विज्ञको रुपमा जतिपनी काम गरे त्यसबाट निकै सन्तुष्ट छन् । आगामी पुस्तालाई पनि समारोह व्यवस्थापन सम्बन्धि आफुमा भएको कला बाड्ने उनको योजना छ । तर, बढी खर्चिलो अनि चुनौतीपूर्ण भएकै कारण यसमा चासो राख्ने व्यक्तिहरु भेटिनै गाह्रो हुने नेपाली परिस्थिति प्रती भने उनी चिन्तित छन् । उनलाई यो कुराको डर छ कि, आफु खेलकुद समारोह विज्ञको भुमिकाबाट बाहिरिएपछि, त्यो भुमिका निर्वाह गर्ने व्यक्ति नै नभिटिने पो हो कि ? भन्ने ।

कुनै पनि प्रतियोगिता कति भव्य हुन्छ र सभ्य हुन्छ भन्ने छनक उद्घाटन समारोहलेनै दिन्छ । त्यसैले यस्ता समारोहमा पनि सरकारले अलि धेरै ध्यान दिनुपर्ने थापाको भनाई छ ।

र यो पनि, ‘फुटबल भन्दा ठुलो मेरो देश हो’

किर्तिमानी नविताको ‘च्याम्पियन्स एकेडेमी’

क्रिकेट खेलाउनेहरुको फुर्सदको कथा

प्रोफेशनल कुकिङ्गमा पोख्त अम्पायर दिपक थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :