पूर्व विश्व नम्बर १ टेनिस खेलाडी एस्ले कुपरको निधन

एजेन्सी । चार पटकका ग्राण्ड स्लाम टेनिस च्याम्पियन एस्ले कुपरको ८३ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका कुपरको निधनको बारेमा टेनिस अष्ट्रेलीयाले जानकारी दिएको हो ।

पूर्व विश्व नम्बर १ कुपरको श्वास प्रश्वासको दिर्घ रोगका कारण मृत्यु भएको टेनिस अष्ट्रेलीयाले विज्ञप्ति मार्फत जनाएको छ ।

एस्ले कुपरले १९५८ को अमेरिकी च्याम्पियनसिप,अष्ट्रेलियन ओपन र विम्बल्डन जस्ता ठूला ग्राण्ड स्लाम जितेका थिए ।

कुपरले १९५९ मा चोटका कारण ब्यवसायिक खेल जिवनबाट सन्यास लिएका थिए ।

र यो पनि, मुर्रे वेस्टर्न एण्ड साउदर्न ओपनको अघिल्लो चरणमा प्रवेश

कोरोना संक्रमित निशिकोरीले युएसओपन गुमाउने खतरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :