प्रोफेशनल कुकिङ्गमा पोख्त अम्पायर दिपक थापा

मंजिल पुडासैनी

काठमाण्डौं ।
नेपाली ब्याडमिन्टनका पूर्व खेलाडी तथा अम्पायर दिपक थापा खानेकुरामा निकै चासो राख्छन् । फुर्सदकोको समयमा आफै विभिन्न परिकार बनाउँछन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण पाएको फुर्सदिलो समय उनले विभिन्न परिकार बनाएर बिताए । लकडाउनको समयमा प्रायः भान्छामा रमाउने उनी धेरैथरी परिकार बनाउन सक्छन् ।

झण्डै २० बर्ष अघि उनी अध्ययनको शिलशिलामा भारत पुगेका थिए । उनको पढाईको बिषय होटल व्यवस्थापन थियो । पढाई सकेर नेपाल फर्किए पछि ब्याडमिन्टनमा रेफ्रिको भुमिकामा देखा परेका उनी खानेकुरा बनाउनु आफ्नो अध्ययनको विषय ठान्छन् भने ब्याडमिन्टनलाई प्यासनको रुपमा लिन्छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपाल पनि नराम्रोसँग प्रभावित भयो । ३ महिना लामो लकडाउनले ब्याडमिन्टनका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता प्रभावित भयो । त्यसकारण उनले लामो फुर्सद पाए । यो समय कोरोना नभएको भए उनी कुनै अन्तर्राष्ट्रिय अथवा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा अम्पायरिङ गरिरहेका हुन्थे, तर कोरोनाले खेलहरु स्थगित भएपछि घरमा आफ्नो सिप देखाए ।

‘२० बर्ष अघि पढेको अनुभव थियो, त्यसलाई मैले फेरि ताजा गरेँ, थापाले भने, ‘परिवारकासाथ आफ्नो अध्ययनको सिप बाँड्ने मौका मिल्यो ।’ किताबका पाना पल्टाउदै विभिन्न परिकार बनाएको उनले सुनाए ।

ब्याडमिन्टनको अम्पायरिङ्गका लागि विभिन्न देश घुमी सकेका थापालाई विदेशमा पनि ट्रेड्शिनल र स्थानीय खोन कुरानै रुचाउँछन् । ब्राजिलको ब्ल्याक बिन्स् एण्ड राईस, चिनको हटपट, भियतनामको फो, कोरियाको बिबिम्वेप लगायत दर्जनौ देशका स्थानिय परिकार मनपर्ने सुनाए ।

थापा फिलिपन्स्को अडोपो,थाईल्याण्डको गुआए ट्यु, र फ्रान्स्को फैन्च ब्रेडले निकै आकर्षित गरेको बताउँछन् ।

अध्ययनको क्रममा भारतमा रहेको समयमा प्राय मटन बिर्यानी खाने गरेको र भारतको बिर्यानी अन्य कुनै देशको खाना भन्दा बढी मनपर्ने दिपक बताउँछन् । उनी भन्छन्,‘यद्यपी नेपालको पारम्परिक दाल भात र तरकारीको स्वादलाई कुनै पनि देशको खानाले जित्न चाँहि सक्दैन ।’

दिपकले आफैलाई चाँहि खानामा दाल, भात, खसीको ग्रेभी र टमाटरको अचार सबैभन्दा मनपर्ने बताए ।

अम्पायर थापाले लकडाउनदेखि प्राय दिनहु जसो साथीभाई र आफन्तलाई घरमै डाँकेर विभिन्न देशका परिकार पकाएर खानामा निम्तो गर्ने गरिरहेका छन् ।

ब्याडमिन्टनका अम्पायर समेत रहेका थापाको अनन्नय मित्र उदय अर्याल सुनाउँछन्,‘दिपकले बेला बेलामा गफ त दिन्थ्यो यस्तो पकाउँछु उस्तो पकाउँछु भनेर तर यो लकडाउनले दिपकको कुकिङ्ग कला देखेर म निकै प्रभावित भए । कुनै तारे होटलको भन्दा कम स्वाद थिएन उसले पकाएको खानामा । अद्भुत कुक रहेछ दिपक ।’

यसबाहेक पनि थापा अन्य धेरै काममा सकृय छन् । थापागाउँ सुधार समितिको अध्यक्ष समेत रहेका उनी अहिले थापागाउँमा पुर्नःनिर्माणको तयारीमा रहेको मन्दिर र पार्टी भवनको काममा ब्यस्त छन् ।

‘कोरोनाले ठुलो असर गर्यो, कतिपय बेफाईदासँगै कतिपय फाईदा पनि हातलागे’, थापाले भने, ‘मैले खानेकुरा पकाएर परिवारसँग मिठो समय बिताएँ भने टोल सुधारका लागि पनि बिभिन्न कामगर्न सकें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :