पहिलो खेल फ्लड लाईटमा हुने गरी ए डिभिजन लिगको खेल तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फां ले नयाँ सिजनको शहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न लिगको खेल तालिकाको ड्र गरिएको हो ।

जारी तालिका अनुसार कार्तिक २९ गते पहिलो दिन हुने एकमात्र खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब खेल्न निश्चित भएको छ । यो खेल दशरथ रंगशालामा फ्लड लाईटमा साँझ ५ बजेबाट शुरु हुनेछ ।

सातदोबाटो बी डिभिजन लिगको विजताको रुपमा पहिलोपटक ए डिभिजन लिग खेल्न लागेको हो ।

एन्फाले जारी गरेको खेल तालिका अनुुसार सबै चरणमा सात सात वटा खेल हुनेछन् भने पहिलो चरणको खेल कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म हुनेछ । अहिलेलाई एन्फाले शुरुवाती दुई चरणको खेलको तालिकामात्र सार्वजनिक गरेको छ भने बाँकी चरणका खेलहरुको मिति पछि तय हुने बताईएको छ ।

पहिलो चरणका खेलहरु दशरथ रंगशाला र एन्फा मुख्यालयको मैदानमा हुने एन्फाले जनाएको छ ।

पहिलो चरण अन्तर्गत कार्तिक २९ गते पहिलो दिन एक खेल हुनेछ भने त्यसपछिका दिनहरुमा दुई दुईवटा खेलहरु हुनेछन् । ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदै छन् ।

१४ वटै क्लबका प्रतिनिधिको उपस्थितीमा खेल तालिका सार्वजनिक गरिएको हो । मच्छिन्द्र क्लब ए डिभिजन लिगको साविक विजेता हो ।

यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।

पहिलो चरणको खेल तालिका:

कार्तिक २९ गते – फ्रेण्ड्स विरुद्ध सातदोबाटो,साँझ ५ बजे – दशरथ रंगशाला (फ्लड लाईटमा)

कार्तिक ३० गते – हिमालयन शेर्पा विरुद्ध संकटा,दिउँसो १२ बजे – एन्फा कम्प्लेक्स

कार्तिक ३० गते – थ्री स्टार क्लब विरुद्ध च्यासल,दिउँसो ३ बजे – दशरथ रंगशालामा

मंसिरर १ गते – जावलाखेल विरुद्ध मनाङ्ग,दिउँसो १२ बजे – एन्फा कम्प्लेक्स

मंसिर १ गते – ब्रिगेड ब्वाइज क्लब र एपीएफ,दिउँसो ३ बजे दशरथ रंगशालामा

मंसिर २ गते – त्रिभुवन आर्मी क्लब विरुद्ध नेपाल पुलिस क्लब,दिउँसो १२ बजे – एन्फा कम्प्लेक्स

मंसिर २ गते – मच्छिन्द्र विरुद्ध न्यु रोड टिम (एनआरटी),दिउँसो ३ बजे – दशरथ रंगशालामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :