बार्सिलोना जिरोनासँग पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोना पराजित भएको छ ।

बार्सिलोना घरेलु टोली जिरोनासँग ४-२ गोल अन्तरले पराजित भएको हो ।

जिरोनाको जितमा क्रिस्टियन पोर्चुले २ तथा मिगुएल गुटेरेज र आर्टेम डोभविकले १-१ गोल गरे ।

बार्सिलोनाका लागि एन्ड्रेस क्रिस्टियन्सन र रोबर्ट लेवान्डोस्कीले एक एक गोल फर्काए पनि टोलीको जितका लागि पर्याप्त भएन ।

जितसँगै ३४ खेलबाट ७४ अंक जोडेको जिरोना बार्सिलोनालाई पछि पार्दै दोश्रो स्थानमा उक्लिएको छ।

समान खेलमा ७३ अंक रहेको बार्सिलोना तेश्रो स्थानमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :