सिटीको जितमा हालान्ड एक्लैले गरे चार गोल

इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सहज जित हासिल गरेको छ ।

इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले पाहुना टोली उल्भ्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा एर्लिङ हालान्ड एक्लैले चार गोल गर्दा जुलियन अल्भारेजले एक गोल थपे । उल्भ्सका लागि ह्याङ हे-चानले एक गोल फर्काए ।

जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी १ मा झारेको छ।

दोश्रो स्थानको सिटीले ३५ खेलबाट८२ अंक जोडेको छ। एक खेल बढी खेलेको आर्सनलको ८३ अंक रहेको छ।

पराजित उल्भ्स ३६ खेलमा ४६ अंकसहित ११ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :