युएई र नेपाली क्रिकेट टोलिसँगै काठमाण्डौं आईपुग्यो

काठमाण्डौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम श्रृंखला खेल्न युएई र नेपाली राष्ट्रिय क्रिकेट टोलि नेपाल आईपुगेको छ ।

युएई र नेपाली राष्ट्रिय क्रिकेट टोलि शुक्रबारबाट शुरु हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम श्रृंखला खेल्न आज (मंगलबार) साँझ नेपाल आइपुगेको हो ।

दुबै टोलि युएईमा भएको लिग २ अन्तर्गतकै त्रिकोणात्मक श्रृंखला सक्काएर एकै विमानबाट नेपाल आएका हुन् ।

युएईले आजै बिहान मोहम्मद वसिमको कप्तानीमा १४ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो । यस्तै नेपालले भने रोहित पौडेलको कप्तानीमा खेल्नेछ ।

नेपालले युएईमा भएको श्रृंखलामा खेलेको चारमध्ये तिन खेलमा जित हासिल गरेको थियो । उसले पपुवान्युगिनी (पीएनजी)लाई दुई खेलमा हराएको थियो भने युएईसँग एकमा हार र एकमा जित निकाल्दै लिग २ को पाँचौं स्थानमा उक्लिएका थियो । युएई भने नेपालसँग हारको सामना गर्दा एकस्थान तल झर्दै छैठौं स्थानमा छ ।

नेपालमा हुने अन्तिम श्रृंखला फागुन २५ गतेबाट शुरु हुनेछ । प्रतियोगितामा नेपाल, युएई र पीएनजीको सहभागिता रहनेछ । पीएनजी भने केही दिन अघि नै नेपाल आएको थियो ।

यो अन्तिम श्रृंखलाका सबै चार खेलमा जित निकाले नेपाल लिग २ को तेस्रो स्थानमा उक्लदै एकदिवसीय विश्वकपको लागि हुने ग्लोबल क्वालिफायर्समा पुग्नेछ । अन्यथा नेपाल कम्तिमा शिर्ष पाँचमा रहँदै आफ्नो एकदिवसीय मान्यता जोगाउने दाउँमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :