आर्सनलको रोमाञ्चक जित

इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ ।

टोटनह्याम हटस्पर स्टेडियममा सम्पन्न खेलमा आर्सनए घरेलु टोली टोटेनह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितका लागि बुकायो साका र काई हावर्ट्जले एक एक गोल गर्दा एक गोल भने पियरे-एमिल होजबर्जमार्फत आत्मघाती उपहार पाएको हो ।

घरेलु टोलीका लागि क्रिस्टियन रोमेरो र सन ह्युग मिनले (पेनाल्टीमा) मा एक एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

जितसँगै शीर्ष स्थानको आर्सनलले ३५ खेलबाट ८० अंक जोडेको छ । पराजित टोटनह्याम ३३ खेलबाट ६० अंकसहित पाँचौँ स्थानमा रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :