प्रशिक्षणका लागि सरकारको अनुमती माग्दै एन्फा

काठमाण्डौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फटबल टोली तथा क्लब फुटबलको प्रशिक्षणका लागि सरकारको अनुमती माग्ने तयारी फेरि सुरु गरेको छ । सरकारले अब छिट्टै प्रशिक्षण लगायतका खेलकुद गतिविधि सुचारु गर्ने अनुमती दिनुपर्ने भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्बन्धित पक्षसँग अनुमती माग्ने प्रयास थालेको हो ।

सरकारको अनुमती पाएको खण्डमा एन्फा तत्कालै खेलकुद गतिविधि सुरु गर्न तयारीमा छ । गत चैत महिनादेखि कुनै पनि फुटबल गतिविधि तथा प्रशिक्षण नभएको भन्दै एन्फाले अबफेरि प्रशिक्षणमा फर्कने तयारी थालेको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण लामो समयदेखि स्थगित भएका बी डिभजिन र सी डिभिजन लिग पनि सकेसम्म सुरुगर्ने योजना बनाउने एन्फाको तयारी छ । सरकारले अनुमती दिएको अबस्थामा फुटबल गतिविधि थाल्ने तयारीमा रहेको एन्फा प्रवक्ता किरण राइले बताए ।

‘जिल्ला–जिल्लाका खेलाडीहरुलाई सम्बन्धित प्रशिक्षक मार्फत सम्भव भएसम्म प्रशिक्षण दिने योजनामा छौं’, राईले भने, ‘त्यसका लागि सरकारको अनुमती अवस्यक छ ।’

कतिपय प्रशिक्षकले जिल्लामा अहिले पनि भर्चुअल माध्यमबाट प्रशिक्षण दिदै आएको भन्दै राईले फुटबल जस्तो खेलमा भर्चुअल ट्रेनिङ त्यति प्रभावकारी नहुने भएको कारण मैदानमा अभ्यासमा फर्काउने तफै सचेत रहेको बताए ।

राइले भने, ‘लामो समय भयो खेलाडी प्रशिक्षण विहिन बसेका छन् । यसले खेलाडीको खेलकुद लय गुम्ने ठूलो चिन्ता थपेको छ । यसका लागि एन्फाले आफ्ना प्रशिक्षकहरुलाई निर्देशन पनि दिइसकेको छ । बन्द रंगशालामा समुहमा थोरै खेलाडीलाई मात्र राखेर, स्वास्थ्य सुरक्षाका नितिहरुको पुर्ण रुममा पालना गर्दै, व्यक्ति–व्यक्तिबीचको शारीरिक दुरी कायम राख्दै अब प्रशिक्षण थाल्ने तयारी छ ।’

सरकारले कोरोना महामारी नियन्त्रणका लागि गरेको दोस्रो चरणको निषेधाज्ञा खुकुलो भएपछि सम्पुर्ण खेलकुद गतिविधि संचालनमा ल्याउनुपर्ने पक्षमा एन्फा छ, तर त्यसका लागि अझै केही समय लाग्न सक्ने प्रवत्ता राईले बताए ।

‘६ महिना भयो खेलाडी घरभित्र बसेको । यले खेलाडीलाई धेरै प्रभाव पारेको छ । लगातार अभ्यास नहुदा खेलाडीको स्तरमा कमि आएको महसुस हुनेछ । अन्य मुलुक कतिपय खेलकुद प्रतियोगिता सकिसकेर कतिपय सुरुगर्ने अवस्थामा पुग्दा पनि हामी सरकारकै अनुमती कुरिरहेका छौं’, लकडाउनले बध्य बनेको सुनाउँदै राईले भने, ‘अब त्यत्तिकै बस्नुहुदैन भन्ने पक्षमा एन्फा छ । सरकारले सुरक्षा नीति अपनाएर छिट्टै खेलकुद गतिविधि सुरु गर्ने अनुमती दिनुपर्छ ।’

कोरोना भाइरसको महामारीका कारण गत बर्षको चैत्रदेखि भएको लकडाउनका कारण जारी बी डिभिजन लिग, सञ्चालनको तयारीमा रहेको सी डिभिजन लिग प्रभावित छन् । यसअघि एन्फाले विश्वकप छनौट र एएफसी एसियन कप छनोट खेलको लागि राष्ट्रिय टोलीको प्रशिक्षणको तयारी गरेपनि स्थगित गर्नु परेको थियो ।

यो पनि पढ्नुहोस्ः सिटीका एन्जेलिनोको जर्मन बसाई लम्बियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :