क्लब इन्टरनेसनल र एनएसआरका टिम सेमिफाइनलमा

काठमाडौँ । विदेशी खेलाडीहरु सम्मिलित क्लब इन्टरनेसनल र आयोजक एनएसआरएको तीनै टिम शुक्रबार एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप २०२३ को सेमिफाइनलमा पुगेका छन् ।

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत समूह ए मा क्लब इन्टरनेसनल विजेता र एनएसआरए टिम बी उपविजेता बने । समूह बीबाट एनएसआरए टिम ए विजेता र एनएसआरए टिम सी उपविजेताको हसियतमा सेमिफाइनलमा पुगे । शनिबार सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

शुक्रबार क्लब इन्टरनेसनलले ब्रिटिस आर्मी सीविरुद्ध तीनै खेलमा जित हात पार्या । इटालीका रेन्जो एन्डोर्नोले शंकर गुरुङ र अस्ट्रेलियाली इशाक बेल हर्वटले शेरजङग थापालाई सोझो सेटमा ३–० ले हराउनुभयो । धिर पुनले भने केशर मगरलाई हराउन पाँच सेट खेल्नुपर्यो ।

सोही समूहमा एनएसआरए टिम बीले पनि ब्रिटिस आर्मी एलाई तीनै खलमा पराजित गर्यो । राजेन्द्र शाक्यले श्याम तामाङ, प्रवीणवीर सिंह कंसाकारल सुनील राना र प्रज्वल प्रधानले सविन गुरुङलाई सोझो सेटमा पराजित गर्नुभएको हा । समूह बीमा एनएसआरए टिम एले पनि ब्रिटिस आर्मी बीविरुद्धको खेलमा क्लिनस्वीप गर्यो । उमित शाकयले जिम डोइग, दिपक थापाले ज्याकब क्लार्क र दिय वज्राचार्यले दिलिप राईको चुनौती सीधा सेटमा पार गरे।

एनएसआरसी टिम सीले पनि अन्तिम चारमा पुग्न विदेशी थिटम ट्रेलिङ स्पाउजलाई तीनै खेलमा हरायो । विकास मगरले माइक रान्डल पासाङ लामाले ल्युक सयर र राकेश परियारले डेभिड थोसम्सनलाई समान ३–० सेटमा हराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :