नेपाल र रसियाबीच मंगलबार मैत्रीपूर्ण चेस हुने

काठमाडौं । नेपाल र  रसियाबीच एक दिने मैत्रीपूर्ण बुद्धिचाल खेल मंगलबार काठमाडौंको दरवारमार्ग स्थित होटल  याक एण्ड यतिमा हुुने भएको छ।

नेपाली समय अनुसार साँझ ६ बजे शुरु हुने खेलमा नेपाल र रसियाका समान ५-५ जना खेलाडी सहभागी हुने छन् ।

एभरेस्ट मैत्रीपुर्ण प्रतियोगिता २०२४ मा  नेपालको तर्फबाट नेपाल च्याम्पियन रुपेश जैशवाल, फिडे मास्टर क्षितिज भण्डारी, पुर्व नेपाल च्याम्पियन केेेशव श्रेष्ठ, क्याण्डिडेट मास्टर मिलन लामा र सजिन महर्जनले प्रतिश्पर्धा गर्नेछन् ।

सोमबार नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव  धरम बहादुर लमा र प्रतियोगिताका चिफ आर्विटर मिसोम सर्गिबीचको भेटवार्ताले प्रतियोगिता संचालन सम्बन्धी खाका तयार गरेको हो ।

रसियाको तर्फबाट अलेक्जेन्दर राइज्नासेभ, भ्याल्दिमर सुमिलिन, आन्द्रि मिन्कोभ , एनातासा कालिन्चेको र युना कोलोदिन्भाले नेपाली खेलाडीसँग खेल्नेछन्।

२० जनाको टोली रहेको रसियनहरु मैत्रीपूर्ण खेलपछि सगरमाथा बेसक्याम्पमा गिनिज बुकमा वर्ल्ड रेकर्डको लागि बुधबार ट्रेकिङ मार्फत त्यसतर्फ प्रस्थान गर्नेछन् भने २०२४ मे ८ मा वर्ल्ड रेकर्ड रसियाको दुई टिमबीच खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :