पहिलो हाफ गोलरहित बराबरी

काठमाण्डौं ।   नेपाल र बंगलादेशबीच जारी दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको छ । पहिलो हाफमा दुबै टोलीले कुनै पनि गोल गर्न सकेनन् ।

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलमा दुबै टोलीले गोलका केही मौका गुमाए । फिटनेशमा अझै कमजोर देखिएको नेपालले अघिल्लो खेलमा भन्दा केही सुधारीएको प्रदर्शन गरेको छ, तर  सोचे अनुसार आक्रमण बुन्न सकेको छैन भने नेपाली गोलरक्षक किरण चेम्जोङले बंगलादशका केही आक्रमण रोकेका छन् ।

नेपालले खेलको तेस्रो मिनेटदेखि आक्रमण बुन्न थालेको थियो । तेस्रो मिनेटमा तेज तामाङले गरेको भली गोलरक्षक अशरफुल रानाका लागि फितलो साबित भयो । १९ औं मिनेटमा कप्तान भरत खबासको स्थानमा प्रशिक्षक बाल गोपाल महर्जनले नवयुग श्रेष्ठलाई मैदान पठाएका थिए । २२ औं मिनेटमा बंगलादेशले गोलको अबसर खेर फालेको थियो । सुमन रेजाको प्रहार गोलपोष्ट माथिबाट बाहिरिएको थियो ।

२७ औं मिनेटमा दर्शन गुरुङले निकालेको सहजपासमा अन्जन बिष्ट पुग्न नसक्दा गोलको अपसर सृजना हुनै पाएन । ३३ औं मिनेटमा एरिक विष्टको कर्नर प्रहारलाई अनन्तर तामाङले हेडरमार्फत गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

नेपाल बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । मुजिब बर्ष सिरिज नामांकरण गरिएको सिरिज जित्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । नेपालले सिरिजको उपाधि जित्न खेलमा कम्तिमा २ अथवा तीन गोल गर्नुपर्नेछ । यसअघि पहिलो खेलमा नेपाल २–० ले हारेको थियो ।

यो पनि पढ्नुहोस्ः दोस्रो खेलमा नेपाल बराबरीमा रोकियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :