राष्ट्रिय टोलीमा पुजनको डेब्यु

काठमाण्डौं । मिडफिल्डर पुजन उपरकोटीले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् । मंगलबार बंगलादेशविरुद्ध जारी खेलमा पुजनले सिनियर टोलीमा डेब्यु गरेका हुन् ।

बंगलादेशविरुद्धको मुजिब बर्ष सिरिजको दोस्रो खेलको दोस्रो हाफमा पुजनले मैदान प्रवेशको मौका पाए । उनले दोस्रो हाफमा तेज तामाङलाई रिप्लेस गरे ।

झापा ११ बाट क्लब फुटबल करियर सुरुगरेका पुजन च्यास्सल क्लब हुँदै अहिले मनाङ मर्स्याङ्दी क्लबमा आवद्ध छन् । उनले नेपाली टोलीका लागि बिभिन्न उमेर समुहको टोलीमा समेत सहभागिता जनाइसकेका छन् ।

यो पनि पढ्नुहोस्ः मिडफिल्डर आङदेम्बेको डेब्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :