इनिएस्टा थप दुई वर्ष जापानको क्लब भिसेलमै रहने

आन्द्रेस इनिएस्टाले जापानको शिर्ष डिभिजन क्लब भिसेल कोबसँग आगामी दुई सिजनका निम्ति थप सम्झौता गरेका छन् ।

क्लबले मंगलबार विज्ञप्ति जारी गर्दै एनिएस्टाको ३७औं जन्मदिनको अवसर पारेर सन् २०२३ को सिजन सम्म प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने सम्झौतामा हस्ताक्ष। भएको जनाएको छ ।

बार्सिलोनाबाट सक्रिय खेलाडी जिवनबाट सन्यास लिदै इनिएस्टा सन् २०१८ मा जापान आएका थिए ।

इनिएस्टाको नेतृत्वमा भिसेल गत वर्षको जनवरीमा ईम्पेरर कपको फाइनल जित्दै एएफसी च्याम्पियनसिपको लागि छनौट भएको थियो ।

क्लबले सन् २०२० को फेब्रुअरीमा जापानिज सुपर कपको उपाधि समेत जितेको थियो ।

सन् २०१० मा स्पेनले विश्वकप जित्दा फाइनलमा विजयी गोल गरेको इनिएस्टाले बार्सिलोनासागको अद्भुत करियरको दौरान ३० वटा ठूला उपाधि जितेका थिए । त्यसमध्ये उनले क्लबका लागि ९ पटक लालिगा र ४ पटक च्याम्पियन्स् लिगको उपाधि उचालेका थिए ।

सन् २०१४ मा राकुटेनका मालिक हिरोशी मिकितानीले भिसेल कोब क्लब खरिद गरेका थिए । राकुटेन बार्सिलोनाको मुख्य प्रायोजक समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :