प्रशिक्षक न्यौपानेको परिवारलाई बिराटनगर सिटीको आर्थिक सहयोग

काठमाडौं । नेपालको फ्रेन्चाइज फुटबल क्लब बिराटनगर सिटी एफसीले त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नविन न्यौपानेको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

प्रशिक्षक न्यौपानेको परिवारलाई बिराटनगर क्लबका खेलाडी तथा अफिसियलहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी सहयोग गरेका हुन् ।

प्रशिक्षक न्यौपानेको बुबा हरि प्रसाद न्यौपाने र आमा रुपा न्यौपाने दुवैजना हाल क्यान्सर रोगका कारण पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।

नेपाली फुटबल विकासमा न्यौपानेको अमूल्य सहयोग रहँदै आएको छ । प्रशिक्षक न्यौपानेको परिवारको दुःखद घडिमा जुनसुकै व्यक्तिको सानो सहयोगले पनि उनको बुबा–आमाको उपचारमा ठूलो राहत मिल्ने अपेक्षासहित टिम कोटेश्वरले सहगोग अभियान शुरु गरेको थियो ।

टिम कोटेश्वरको सो अभियानलाई साथ दिँदै नेपालको पहिलो व्यवसायिक फुटबल नेपाल सुपर लिग ( एनएसएल) को फ्रेन्चाइज क्लब बिराटनगरले पनि आर्थिक सहयोग गरेको हो ।

क्लबमा कप्तान रजिन धिमालको नेतृत्वमा संकलित ८० हजार नगद क्लबले सोमबार प्रशिक्षक न्यौपानेको बैक खातामा डिपोजिट गरिदिएको हो ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा अर्को फ्रेन्चाइज क्लब बिराटनगर सिटी कप्तान बिराज महर्जनले पनि प्रशिक्षक न्यौपानेको परिवारलाई व्यक्तिगत रुपमा नगद रु.५ हजार सहयोग गरेका छन् ।

बैशाख ११ गतेबाट शुरु भएको नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब पोखरा थन्डर्सका प्रशिक्षक समेत रहेका न्यौपानेले अहिले कोरोना संक्रमणका औपचारिक रुपमा टिमको जिम्मेवारी भने निभाउन पाएनन् । पोखरा थन्डर्स लिग चरणबाट बाहिरी सकेको छ ।

एएफसी प्ले अफ अन्तर्गत दोस्रो चरणको बैशाख १ गते नेपालको त्रिभुवन आर्मी क्लबले भारतको बैंगलुरु एफसीसँग खेलको थियो । सो खेलमा आर्मी बैंगलुरुसँग ५–० गोल अन्तरले पराजित हुँदै एएफसी प्ले अफबाटै बाहिरीएको थियो ।

सोहि खेल खेलाएर नेपाल फर्किए लगत्तै प्रशिक्षक न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

न्यौपानेको परिवारलाई थप सहयोग गर्न इच्छुक जो कोहि व्यक्तिले उल्लेखित ब्यक्तिको बैंक खाता तथा ई– सेवा मार्फत सहयोग गर्न सकिने छ ।

प्रदिप खत्री लक्ष्मी बैंक, खाडीचौर सिन्धुपाल्चोक खाता नम्बर–०६२२००११८३५ र ई–सेवा नम्बर ९८२३५९५९३५ मार्फत सहयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :