धोनीको रेट्रो जर्सीमा खिचेको फोटो भाईरल

भारतिय क्रिकेट टिमका पूर्व कप्तानका पूर्व कप्तान एमएस धोनी, जो प्रायः आफ्नो सान्त शैलीका लागि परिचित छन् । तर यस पटक पूर्व कप्तानले भारतको रेट्रो जर्सी लगाएर खिचेको फोटो केहीँ दिन उता सामाजिक सञ्जालहरुमा निकै भाईरल भइरहेको छ ।

धोनीले व्यावसायिक शूटका लागि आफ्नो नम्वरको रेट्रो जर्सी लगाएका थिए ।

भारतको निकै पुरानो जर्सीमा एमएस धोनीलाई देखेर प्रशंसकहरू धेरै खुसी छन् । सोही कारणले उनको फोटो सामाजिक सञ्जालहरुमा भाईरल भएको छ ।

बलिउड कोरियोग्राफर र निर्देशक फराह खानले आफ्नो इंस्टाग्राममा एमएस धोनीसँग को फोटो साझा गरिन् जसमा उनले भारतको रेट्रो जर्सी प्रयोग गरेका छन् ।

खानले विश्व कप विजेता कप्तानलाई एउटा विज्ञापनको लागी यस लुकमा तयार पारेकी हुन् ।

एम एस धोनीको तस्बिर सेलिब्रेटी फोटोग्राफर डब्बू रत्नानीले क्लिक गरेका थिए । सेलिब्रेटी फोटोग्राफर डब्बू रत्नानीले पनि यस पोष्टमा प्रतिक्रिया व्यक्त गरेका छन् उनले कमेन्ट बक्समा एम एस धोनी एक ’महान मानिस’ भएको लेखेका छन् ।

यसभन्दा अघी महेन्द्र सिंह धोनीको फोटोमा क्रिकेटर श्रेयस अय्यर र बलिउड अभिनेता रणवीर सिंहले पनी कमेन्ट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :