टाइगर कप भलिबलः लगातार दोश्रो जितसहित न्यु डायमण्ड शिर्ष स्थानमा

पोखरा। न्यु डायमण्ड स्पोर्ट्स क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोश्रो जित हासिल गर्दै शिर्ष स्थामा उक्लिएको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार भएको दोश्रो संस्करणको दोश्रो खेलमा आयोजक गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै डायमण्ड शिर्ष स्थानमा उक्लिएको हो ।

श्रीलंकन राष्ट्रिय टोलीका तीन खेलाडीसहित कोर्टमा उत्रिएको गण्डकीलाई सोझो सेटमा पराजित गर्ने क्रममा डायमण्डले २५-१९, २५-१३ र २५-१६ को सहज जित निकाल्यो ।

जितसँगै दुई खेलबाट ६ अंक जोड्दै डायमण्ड शिर्ष स्थानमा उक्लिएको हो । राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी करुणा शाहीको कप्तानीमा रहेको गण्डकीले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ । प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब गरि पाँच टोली सहभागि छन् ।

यस्तै महिलातर्फको सहभागि पाँच टोलीमा आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसहित नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब रहेको छ ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान ३ लाख प्राप्त गर्दा उपविजेता टोलीले १ लाख ५० हजार तथा तृतियले हुनेले ७५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

महिला तथा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्दा हरेक विधाका उत्कृष्ट ९स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक० ले समान १०–१० हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :